२५ वैशाख, काठमाण्डौं । वैदेशिक रोजगारमा जान चाहने कामदारले अब एसएमएसमार्फत आफ्नो श्रम स्वीकृतिको बारेमा जानकारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले विदेश जान चाहने कामदारलाई एसएमएसमार्फत आफु जान लागेको देश, कम्पनी, तलब सुविधालगायत जानकारी उपलब्ध गराउन लागेको हो ।
एसएसएसमार्फत श्रम स्वीकृतिका बारेमा जानकारी गराउने तयारी अन्तिम चरणमा पुगेको विभागले जानकारी दिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । म्यानपावर एजेन्सीले श्रम स्वीकृति लिने क्रममा कामदार र विभागलाई फरक फरक किसिमको जानकारी दिने प्रवृत्ति बढेपछि यस्तो व्यवस्था गर्न लागिएको हो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !