Headlines News :
Home » » डिभिजन ३ क्रिकेट: बर्मुडा विरुद्ध नेपालको सानदार जित

डिभिजन ३ क्रिकेट: बर्मुडा विरुद्ध नेपालको सानदार जित


काठमाडौं, बैशाख १९ - आइसिसी लिग डिभिजन थ्री को आफ्नो तेश्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले हराएको छ ।

१ सय ७ रनको लक्ष्य नेपालले ११ दशमलव ६ ओभरमा पूरा गर्‍यो । टिमको स्कोर २३ हुँदा सुवास खकुरेल ६ रनमा र ३५ रन हुँदा अनिल मण्डल १६ रनमा आउट भए ।

तर तेश्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ७२ रनको साझेदारी गरेपछि नेपालले जित हासिल गरेको हो । २७ बलको सामना गरेका पारसले ४ चौका र तीन छक्कासंगै ४६ र २० बलको सामना गरेका ज्ञानेन्द्रले ५ चौका र १ छक्का सहित ३४ रन बटुले ।

पहिले ब्याटिङ गरेको बर्मुडा ३२ दशमलव २ ओभरमा १ सय ६ रनमा अलआउट भयो । नेपालका पारस खड्काले ४, बसन्त रेग्मीले ३ तथा चन्द्र साउद, सञ्जम रेग्मी र शक्ति गौचनले समान एक/एक विकेट लिए ।
यो जितसंगै नेपालका लागि डिभिजन टू मा बढुवा या डिभिजन थ्री मै कायम रहने सम्भावना गणितीय रुपमा कायमै छ ।
नेपाल र बर्मुडा एकदिवसीय खेलमा पहिलोपल्ट भिडेका हुन् । ट्वान्टी ट्वान्टीमा भने गएको वर्ष नेपालले बर्मुडालाई हराएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com