काठमाडौ, बैशाख २६ – नियमित सरसफाइ नगर्दा काठमाडौको मुख्य तरकारी बजार कालिमाटी दुर्गन्धित बनेको छ ।
दिनँहु दुईपटक सरसफाई गर्नुपर्ने ब्यवस्था भएपनि व्यवस्थापन समितिले चासो नदिँदा कालीमाटी तरकारी बजारमा फोहोर थुप्रिएको व्यवसायीको गुनासो छ ।
बजारमा सरसफाई नहुने र कुहिएका तरकारीहरु त्यसै थुपारेर राख्दा अरु तरकारीमा समेत नोक्सानी हुने गरेको छ । साँघुरो बजार त्यसमा पनि सरसफाइ नहुदा कारोबार गर्न समस्या भएको व्यवसायीहरुले बताएका छन् ।
यस्तै बजारलाई व्यवस्थित र फराकिलो पार्न पहल भइरहेपनि स्थानीयबासिन्दाको असहयोगका कारण कठीनाई भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
बढ्दो जनघनत्वलाई ध्यानमा राख्दै बजार फराकिलो पार्न पहल थालेपनि स्थानीयबासिन्दाले आफुलाई पनि व्यवसाय गर्न छुट्टै ठाउँको माग गर्दै अवरोध गरिरहेका समितिका बोर्ड सदस्य भगवानचन्द्र उप्रेतीले जानकारी दिनुभयो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !