Headlines News :
Home » » सप्तकोसीमा डुबेर तीन वेपत्ता

सप्तकोसीमा डुबेर तीन वेपत्ता



२६ वैशाख, इटहरी । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदीमा डुबेर तीनजना बेपत्ता भएका छन् ।
आमाको श्राद्ध गर्न बराहक्षेत्रमा झापाबाट आएका झापा शान्तिनगर-१ का ४० वर्षीय रमेश बाँस्कोटा, ३५ वर्षीय गोपाल बास्कोटा र ५५ वर्षीय ज्ञाननाथ बास्कोटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । श्राद्ध गर्न सप्तकोसी नदीमा पसेका ज्ञाननाथ सप्तकोसी नदीमा डुबेपछि बचाउनका लागि कोसीमा पसेका अरु दुवैजना पनि नदीमा डुवेर बेपत्ता भएका हुन् ।
डुबेर बेपत्ता भएकामध्ये रमेश र गोपाल दाजु भाइ हुन् भने ज्ञाननाथ उनीहरूका ठूलो बुवा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र मन्दिरमा श्राद्ध गर्नका लागि नुहाउन सप्तकोसी नदी किनारमा रहेका बेला उनीहरू सबै नै बेपत्ता भएका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । डुबेर बेपत्ता भएकाको खोजीका लागि प्रहरी र नेपाली सेनाका जवानहरू बराहक्षेत्रदेखि महेन्द्रनगरको चक्रघट्टी क्षेत्रमा खोजीका लागि परिचालन भएको बताइएको छ । रासस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com