२७ वैशाख, काठमाण्डौ । सरकारले ओमान र बहराइनमा नेपाली दूतावास खोल्ने निर्णय गरेको छ । विहीवार मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बसेको वैठकले दुई देशमा दूतावास स्थापनासंगै आवश्यक दरबन्दीको व्यवस्था गर्ने निर्णय गरेको हो । बैठकले चीनको ग्वान्जाउमा नेपालको कन्सुलर शाखा समेत स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्त एवम् सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो ।
वैठकले एसियाली विकास बैँकले उपलब्ध गराउने ६ अर्ब ५४ करोड ऋण सहायताका लिन एक वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता पौडेलका अनुसार सरकारले डडेल्धुरामा रहेको जिल्ला अस्पताल र टिम अस्पताललाई एकीकृत गरी एक सय शैयाको उपक्षेत्रीय अस्पतालको रुपमा विकास गर्ने भएको छ । यस्तै रित्त रहेको सार्वजनिक खरिद पुनरावलोकन समितिको सदस्य पदमा अश्वनाथ उपे्रती र लवनाथ श्रेष्ठलाई नियुक्ति गरेको छ ।
यसैगरी सरकारले विशिष्ट व्यक्तिको सुरक्षाका लागि कानुन बनाउने भएको छ । यस्तै द्वन्द्वकालमा लुटिएका र हराएका हतियारबारे बुझ्न हातहतियार मौजुदासम्बन्धी निर्देशिकाको मस्यौदा सम्बन्धित समितिमा पठाउने निर्णय मन्त्रिपरिषदको वैठकले गरेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !