२६ बैशाख, काठमाडौं । साताको अन्तिम करोबार नेपाल बैंक लिमिटेडका शेयर धनीहरुका लागि फलदायी हुन सकेन् । बिहीबार नेपाल बैंकको शेयर मूल्य प्रतिकित्ता ३ सय ८७ रुपैयाँ घटेर १ सय ४५ रुपैयाँमा कारोबार हुन पुग्यो ।
आगामी जेठदेखि हकप्रद शेयर निष्काशन गर्न लागेको बैंकको शेयरप्रति सर्वसाधरण लगानीकर्ता आश्वस्त हुन सकेनन् । जस्ले गर्दा बैंकको शेयर मूल्यमा ठूलो गिरावट आयो । शेयर मूल्य घटेपछि बिहीबार बैंकको १ सय ३५ कित्तामात्र शेयर खरिद बिक्री भएको छ । बैंकले ३ करोड ६१ लाख ९६ हजार १ सय ७४ कित्ता हकप्रद शेयर निष्काशन गर्दै छ ।
बिहीबार खासगरी बैंक तथा फाइनान्स कम्पनीहरुको कारोबार जम्न सकेन् । बैंकिङ समूहको शेयर कारोबारमा शुन्य दशमलव ९ अंक र फाइनान्स समूहको कारोबारमा शुन्य दशमलव ६५ अंकले गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार शेयर कारोबारमा सामान्य सुधार देखिएपनि नेप्से परिसुचक शुन्यभन्दा तल नै रहन पुग्यो । बिहीबार होटेल, विकास बैंक, हाइड्रोपावर इन्स्योरेन्स, निर्माण र अन्य क्षेत्रको कारोबारमा भने सुधार देखिएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !