Headlines News :
Home » » स्ववियू निर्वाचन जेठ २३ गते हुने

स्ववियू निर्वाचन जेठ २३ गते हुने

काठमाडौँ बैशाख २२- त्रिभूवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी जेठ २३ हुने भएको छ । यसअघि जेठ १३ गते निर्वाचन हुने बताइएपनि त्रिवि कार्यकारी परिषद्को आज बसेको बैठकले आगामी जेठ २३ गते चुनाव गर्ने निर्णय गरेको हो । विद्यार्थी संगठनबीच निर्वाचन प्रणालीमा विवाद हुंदा लामो समयदेखि स्ववियू निर्वाचन हुन सकेको थिएन ।


विवादकाबीच पनि विद्यार्थी संगठनबाटै निर्वाचनको मिति घोषणा गर्न दवाव आएपछि एक महिनाअघि त्रिवि विशेष सभाले मिश्रित प्रणालीमा निर्वाचन गराउने निर्णय गरेको थियो । विश्वविद्यालयले निर्वाचनको मिति टुङ्गो लगाएकाले आफुहरु निर्वाचनका लागि तयारीमा जुटिसकेको विद्यार्थी संगठनहरुको भनाई छ । उनीहरुले जेठमै निर्वाचन हुने निश्चित भएकाले आफुहरु पहिल्यै देखि आन्तरिक तयारीमा लागेको बताएका छन् ।
Share this article :

1 comment:

  1. bekar ma college disturb hune vayo, chunab le garda

    ReplyDelete

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com