Headlines News :
Home » » मानव अंग प्रत्यारोपण केन्द्रद्वारा सेवा सुरु

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा सेवा सुरु


काठमाडौँ फागुन २ 
आर्थिक अवस्था कमजोर भएका समुदायलाई लक्षित गरी भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले आजदेखि आफ्नो सेवा सुरु गरेको छ ।  १० करोड भन्दा बढी सरकारी लगानीमा ९ महिना अघि स्थापना भएको सो केन्द्रको स्वास्थ्य सचिव डाक्टर प्रविण मिश्रले आज एक समारोहबीच उद्घाटन गर्नुभएको हो । एक सय बेड क्षमताको केन्द्रमा सबैभन्दा पहिले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ ।
 
सरकारले ५ वर्ष अघि काठमाण्डाँैको वीर र शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेपनि अपुग भएकाले अर्को प्रत्यारोपण केन्द्र खोलिएको हो । केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले पहिलो चरणमा मिर्गौला प्रत्यारोपण र त्यसपछि कलेजो, अग्नाशय र रक्तमासीको प्रत्यारोपण सेवा दिने जानकारी दिनुभयो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com