Headlines News :
Home » » पेट दुखाई चट् हुने उपचार

पेट दुखाई चट् हुने उपचार


सुखमय जीवनका लागि स्वस्थ रहनु जरुरी हुन्छ । अधिकतम रोगहरूको कारण असंयमित खाना हो । गलत खानपानको कारण अधिकतम मानिसहरू रोगले पीडित हुने गर्दछन्। गलत खानपानकै कारण कहिलेकहीँ पेटमा दुख्ने समस्या पनि आउँदछ। यसको मुख्य कारणहरू भनेको अपच हुने, ग्यास्टिक, कब्जियत जस्ता रोगहरू हुन्। यस्तो पेटदुख्ने रोगहरूको सरल र सामान्य घरेलु उपचारबाट निको हुन सकिन्छ। यसका साथसाथै पेटका किटाणुहरूलाई पनि नष्ट गर्न सकिन्छ। ती उपायहरू तल चर्चा गरिएको छ।
– यदि तपाईलाई पेट दुख्ने समस्या भएको छ भने हिंगको प्रयोग एकदमै लाभदायी हुन्छ। लगभग २ ग्राम हिँगलाई पानीमा पिसेर लेदो बनाई नाइटोको वरिपरि दल्नुहोस्।

– ज्वानालाई भुटेर बीरे नुनसँग पिँधेर पाउडर बनाउने र २/३ ग्राम तातोपानीमा मिलाएर दिनमा तीन पटक खानाले पनि पेट दुख्ने समस्याबाट मुक्त भइन्छ।

– जिरालाई पनि भुटेर पाउडर बनाई २/३ ग्राम तातोपानीसँग पिउन सकिन्छ। यसलाई चबाएर खान पनि सकिन्छ।

– पुदिना तथा कागतीको रस एक–एक चम्चा लिएर त्यसमा आधा चम्चा बीरे नुन वा अदुवा मिलाएर प्रयोग गर्न सकिन्छ। यसको प्रयोग दैनिक ३ पटक गरेमा एकदमै फाइदाजनक हुन्छ।

– सुकेको अदुवालाई चपाएमा पनि पेट दुखेको समस्यामा राहत हुन्छ।

– दूध नहालेको चिया पिउनाले पनि कतिपय मानिसको पेट दुखेको समस्या ठीक हुन्छ।

– अदुवाको रस नाइटोको वरिपरि दलेर हल्का मालिस गर्नाले पनि पेट दुखेकोमा राहत हुन्छ।

– यदि पेटको दुखाई एसीडीटीको कारणले भएको हो भने त्यसका लागि पानीमा थोरै मात्रामा खाने सोडा मिसाएर पिउनाले एकदमै फाइदा हुन्छ।

– पेट दुखाई निवारक चूर्ण बनाउन सकिन्छ। यसका लागि भुटेको जिरा, सोफ, लसुन, धनिया, हिँग, सुकेको पुदिनाको पत्ता, मरिच आदिको बराबर मात्रा मिलाएर धुलो बनाई चूर्ण बनाउन सकिन्छ। यसमा थोरै मात्रामा बीरे नुन पनि मिलाउनुपर्दछ। खाने समयमा एक चम्चा तातोपानीसँग लिएमा एकदमै लाभ हुन्छ।

– एक चम्चा शुद्ध घ्यूमा हरियो धनियाको रस मिलाएर पिउनाले पनि पेटको दुखाईबाट मुक्त हुन सकिन्छ।

– अदुवाको रस एक चम्चा, कागतीको रस २ चम्चा लिएर त्यसमा थोरै मात्रामा चिनी मिलाएर प्रयोग गर्न सकिन्छ। दैनिक रुपमा २/३ मात्रामा यसको प्रयोग गर्नु लाभदायक हुन्छ।

– अनार पेटको दुखाईमा एकदमै लाभदायक हुन्छ। अनारको दानामा थोरै मरिचको धुलो र बीरे नुन मिलाएर खान सकिन्छ।

– मेथीको दानालाई पानीमा भिजाउनुहोस्। यसलाई पिसेर पेस्ट बनाउनुहोस् र त्यसको पेस्ट बनाई २०० ग्राम दहीमा मिलाएर दैनिक दुईपटक प्रयोग गर्नाले पेटमा रहेको बिकार नष्ट हुन्छ।

– सौंफमा पेटको दुखाई हटाउने गुण रहेको हुन्छ। १५ ग्राम सोफ रातभरी एक गिलासमा भिजाउने र छानेर विहान खालीपेटमा पिउनाले पेटदुखाईबाट बच्न सकिन्छ।

– आयुर्वेदका अनुसार हिँग पीडा निवारक र पित्तवर्द्धक हुन्छ। छाती र पेटको पीडाका लागि हिँग एकदमै लाभदायक हुन्छ। सानो बच्चाहरूको पेट दुखाईमा पनि थोरै मात्रामा हिंगलाई एक चम्चा पानीमा मिलाएर पकाउनुहोस् र बच्चाको नाइटोमा मालिस गरिदिनुहोस्। जसले बच्चाको पेटदुखाई हराउँछ।

– कागतीको रस मा बीरे नुन, जिरा, ज्वानाको धुलो मिलाएर दैनिक रुपमा तीनपटक पिउनाले पेट दुखाई चट् हुन्छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com