Headlines News :
Home » » सल्यानमा करेन्ट लागेर प्रहरी नायव निरीक्षकसहित २ जनाको मृत्यु

सल्यानमा करेन्ट लागेर प्रहरी नायव निरीक्षकसहित २ जनाको मृत्यु


बैशाख १५
सल्यानको थारमारेमा करेन्ट लागेर एक प्रहरी नायव निरिक्षकसहित दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर १४ बर्षिय बालक दिपेश केसी र प्रहरी नायव निरीक्षक  मोतीलाल बैगारको मृत्यु भएको हो ।

स्थानिय निम्न माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यनरत दिपेशलाई करेन्ट लागेको थाहापाएपछि उद्धारका लागि गएका इलाका प्रहरी कार्यालय थारमारेमा कार्यरत सई वैगारको वालकलाई बचाउने क्रममा मृत्यु भएको हाम्रा सहकर्मी बिप्लव महर्जनले जनाएका छन् ।

पोलमा राखिएको अर्थिङ तारले विजुलीको तारलाई छुँदा सट भएर  बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर झुण्डिएका वालकलाई काठले निकाल्न खोज्दा सई वैगारलाई समेत करेन्ट लागेको थियो । मृतकका शवलाई पोष्टमार्टमा लागि प्रथामिक स्वास्थ्य केन्द्र थारमारेमा लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

वालकलाई करेन्ट लागेको खवर नेपाल विद्युत प्राधिकरण सल्यानमा फोनमार्फत गराउन खोजेपनि फोन नउठ्दा दुर्घटना भएको जनकल्याण उच्चमाबि थारमारेका प्रचार्य पुर्ण भण्डारीले बताउनुभयो । वर्दियाको ताराताल घर भएका बैगार ६ महिना पछि सेवा निवृत हुँदै थिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com