Headlines News :
Home » » राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

२ जेठ, काठमाडौं । मुम्वई इण्डियन्स इण्डियन प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदै मुम्बई १५ खेलबाट २२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । समान अंक जोडेको चेन्नई सुपर किङ्ग्स रन रेटमा पछि पर्दै दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको राजस्थानको २० अंक छ ।
घरेलु मैदानमा पहिले व्याटिङ्ग गरेका मुम्वईले पुरै ओभर खेल्दै ८ विकेटको क्षेतिमा १ सय ६६ रन बनाएको थियो । उसका लागि आदित्य तारेले ५९ रन बनाए । जवाफमा मैदान उत्रिएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५२ रन मात्र बनाउन सक्यो । उका लागि ब्राड हजले ३९ तथा स्टुवार्ड विन्नीले नटआउट ३७ रनको योगदान दिएपनि हार टार्न सकेनन् ।
यसअघि भएको खेलमा पुणे वारियर्सले कोलकात्ता नाईट राईडर्सलाई ७ रनले पराजित गरेको थियो । प्रतियोगिता अन्तरगत आज किङ्ग्स इलाभेन पञ्जाव र दिल्ली डेयर डेभिल्स भिड्ने छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com