Headlines News :
Home » » ‘बिहे गर्नु अघि खाट नकराउने बनाउनु पर्दैन ?’-साँघुरो

‘बिहे गर्नु अघि खाट नकराउने बनाउनु पर्दैन ?’-साँघुरो




शुक्रबारदेखि प्रदर्शनमा आएको चलचि ‘साँघुरो’को बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मी तथा पत्रकारले ‘साँघुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए ।जोयस पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमामा दयाहाङ राई, सुशांक मैनाली, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका छ । सुकुम्बासी बस्तीमा बस्ने एक युवक, उसको आमा र बिहे गरिसकेपछि साँघुरिएको उसको अवस्थालाई सिनेमाले चित्रित गर्न खोजेको छ ।
चलचित्रका नव नायक सुशांक मैनाली र नायिका दिया मास्केको अभिनयलाई सबैले खुलेर तारिफ गरेका थिए । साँघुरो कोठामा बिहे गरिसकेपछि एक युवकले कसरी आफ्नो यौन कुण्ठालाई फुकाउन सक्छ भन्ने बिषय नै सिनेमाको मुख्य कथा हो । कहिले आमाका कारणले त कहिले बारम्बार कराउने खाटका कारण उक्त युवकले श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न पाउँदैन ।बर्षाको समयमा पानी चुहिएर खाट कराउने भैसकेको हुन्छ । राती श्रीमतीसँग सम्बन्ध राख्न खोज्दा काट खुबै कराउँछ । यसपश्चात चलचित्रमा समावेश संवादले दर्शकलाई खुबै हसाउँछ । सुशांकको श्रीमती बनेकी दियाले ‘बिहे गर्नु अघि खाट नकराउने बनाउनु पर्दैन’ भनि बोलेको संवादले दर्शकलाई मनोरञ्जन मात्र दिदैन धेरै कुरा संझाउन वाध्य पनि बनाउँछ ।चलचित्र ‘साँघुरो’ले व्यापारिक रुपमा कत्तिको सफलता पाउँछ त्यो हेर्न बाँकी छ । तर सिनेमा हेरेर फर्किएका अधिकांश चलचित्रकर्मी र पत्रकारले ‘साँघुरो’ चल्ने विश्वास व्यक्त गरेका थिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com