Headlines News :
Home » » नेपालबाट गएका शान्ति सेना ५ घन्टा बन्धक

नेपालबाट गएका शान्ति सेना ५ घन्टा बन्धक

२ जेठ, काठमाण्डौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सेनाका सेनानी उज्ज्वल केसीलाई सिरियाको सरकार विरोधी एक समुहले पाँच घन्टा बन्धक बनाई मुक्त गरेको छ । केसीसँगै फिनल्यान्ड र न्युजिल्यान्डका एक/एक जना सैनिक अधिकृतलाई सिरियाको सरकार विरोधी ‘फ्रि सिरियन आर्मी’ नामक एक समूहले बुधबार एकसाथ बन्धक बनाएको थियो ।
सेनानी केसीलाई बुधबार फ्रि सिरियन आर्मी समूहले बन्धक बनाई मुक्त गरेको नेपाली सेनाले पुष्टि गरेको छ । मुक्त भएका तीनै देशका सेना अहिले सुरक्षित स्थानमा रहेको सेनाले जनाएको नागरिक दैनिकमा खबर छ ।
‘नेपाली सेनाका सेनानी उज्ज्वल केसीलगायत तीन जना राष्ट्रसंघका पर्यवेक्षकलाई सिरियाली बिद्रोही समूहले बन्धक बनाई मुक्त गरेको राष्ट्रसंघले जानकारी गराएको छ,’ नेपाली सेनका प्रवक्ता तथा सहायक रथी सुरेश शर्माले भने, ‘करिब पाँच घन्टा बन्धक बनाएपछि उनीहरुलाई मुक्त गरिएको सूचना हामीले पाएका छौं ।’ इजरेलको जेरुसेलममा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघ युद्धविराम पर्यवेक्षकका रुपमा रहेका सेनानी केसीलगायत तीन जनालाई बुधबार बिहान अपहरण गरी बन्धक बनाइएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com