Headlines News :
Home » » दिल्लीलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

दिल्लीलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

१ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिके आईपीएलमा चेन्नई सुपर किङ्ग्ले दिल्ली डेयरडेभिल्सलाई ३३ रनले पराजित गरेको छ । जितसँगै १५ खेलबाट २२ अंक जोडेको चेन्नई शीर्ष स्थानमा कायमै छ ।
पहिले व्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । उसका लागि कप्तान महेन्द्रसिह धोनीले अविजित ५८ रन जोडे । यस्तै मुरली विजयले ३१, माइक हस्सीले २६ र रविन्द्र जडेजाले २४ रन बनाए ।
जवाफमा मैदान उत्रिएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । डेभिड वार्नरले ४४ रन बनाएपनि हार टार्न सकेनन् । चेन्नईका मोर्ने मोर्केलले ३ विकेट लिए भने मोहित शर्मा, ड्यरेन ब्राभो र रविचन्द्रन आश्विनले समान २/२ विकेट लिए ।
प्रतियोगिता अन्तरगत आज कोलकत्ता नाइट राइडर्स र पुणे बारियर्स तथा मुम्बई इण्डियन्स र राजस्थान रोयल्स भिड्ने छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com