Headlines News :
Home » » शिक्षकको परीक्षाका लागि केन्द्र तोकियो

शिक्षकको परीक्षाका लागि केन्द्र तोकियो


काठमाडौ, जेठ २ – जेठको ९, १० र ११ गते हुने स्थायी शिक्षकको लिखित परीक्षाको लागि परीक्षाकेन्द्र निर्धारण गरिएको छ ।

देशभर एकहजार ८ सय ४७ वटा केन्द्र निर्धारण गरिएको शिक्षक सेवा आयोगले जनाएको छ ।
प्राथमिकका लागि ९ सय ५९, निम्न माध्यमिकको लागि ६ सय ३६ र माध्यमिकको लागि २ सय ५२ वटा परीक्षा केन्द्र तोकिएको आयोगका प्रशासकीय प्रमुख खगेन्द्रप्रसाद नेपालले उज्यालोलाई जानकारी दिनुभयो ।
सबैभन्दा बढी काठमाडौमा र सबैभन्दा कम मनाङमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । काठमाडौमा प्राथमिकको लागि ४२, निम्न माध्यमिकको लागि २७ र माध्यमिकको लागि १३ वटा परीक्षा केन्द्र तोकिएको छ ।
मनाङमा भने तीनै तहको लागि एक/एक वटा केन्द्र निर्धारण भएको आयोगले जनाएको छ ।
परीक्षा केन्द्र सम्बन्धित जिल्ला शिक्षा कार्यालय वा आयोगको वेवसाइट www.tsc.gov.np मा हेर्न सकिने नेपालले बताउनुभयो । आयोगले ९ गते माविको, १० गते निमाविको र ११ गते प्राविको लिखित परीक्षा लिँदैछ । परीक्षा दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।
यसैबीच परीक्षाको सबै तयारी पूरा भएको आयोगले जनाएको छ । परीक्षाको लागि आवश्यक पर्ने उत्तरपुस्तिका, प्रश्नपत्र, निर्देशिका लगायतका आवश्यक सामग्री जिल्लाजिल्लामा पठाइसकिएको आयोगका प्रशासकीय प्रमुख नेपालले जानकारी दिनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com