Headlines News :
Home » » विवाहको १३ दिनमै सम्बन्ध विच्छेद

विवाहको १३ दिनमै सम्बन्ध विच्छेद

तनहुँ, जेठ १ - श्रीमानले मानसिक तथा शारीरिक यातना दिएको भन्दै तनहुँकी एक नव विवाहिता महिलाले विवाहको १३ दिनमै सम्बन्ध विच्छेद गरेकी छिन् ।
बैशाख १८ गते कास्की लुम्ले ८ का बुद्धिमान नेपालीसंग विवाह बन्धनमा बाधिएकी तनहुँ काहुँशिवपुर–१ झापुटारकी २७ बर्षिया दिलु नेपालीले विवाहको दुई साता नवित्दै सम्बन्ध विच्छेद गर्नुभएको हो ।
विवाहको ३ दिन पश्चात २१ गते नै श्रीमानसंग झगडा भएको भन्दै माइत फर्किएकी दिलुले २३ गते नै जिल्ला प्रहरी कार्यालय तनहुँमा पतिले आफूलाई मानसिक र शारीरिक यातना दिएको निबेदन दिनुभएको थियो ।
दिलुले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेकोमा अदालतले बैशाख ३१ गते नै सम्बन्ध विच्छेदको फैसला सुनाएको दिलुका कानुनी सहयोगी अधिवक्ता अमृतबहादुर नेपालीले वुधवार जानकारी दिनुभयो ।
जिल्ला न्यायधीश अजयराज उपाध्यायको इजलासले दिलु र बुद्धिमानको सम्बन्ध विच्छेदको फैसला गरेको हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com