Headlines News :
Home » » सिराहाको अयोध्यानगरमा ८ घरमा लुटपाट

सिराहाको अयोध्यानगरमा ८ घरमा लुटपाट

जेठ २, सिरहा, सिरहाको अयोध्यानगर–३ कसाहमा गएराती डाँकाले लुटपाट गरेका छन् । राती १ बजेतिर करिव १५/२० जनाको संख्यामा आएको डाँकाहरुले कसाहका ८ घरमा लुटपाट गरेको गरेका हुन् । उनीहरुले करिव १५ लाख बराबरको धनमाल लुटेर लगेको अनुमान छ । डाँका समूहको प्रतिकार गर्ने क्रममा १३ जना स्थानीयबासी घाईते भएका छन् । उनीहरुमध्ये गम्भिर ३ जनालाई स्थानीय नर्सिङहोममा उपचार संभव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको छ ।

डाँकाहरु लुटपाट गरी बम पड्काउनुका साथै फायरिङ्ग गर्दै भागेको स्थानीयबासीले बताए । आफूहरुले समयमै खबर गरेपनि प्रहरी डाँकाहरु भागेपछि मात्र आएको स्थानीयको गुनासो छ । डाँकाहरु बसमा आएर बसमै भागेको र प्रहरी समयमा नआउनुले प्रहरीको समेत मिलेमतो भएको आरोप लगाउदै विरोधमा स्थनीयबासीले अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कुसाहमा यातायात अवरुद्ध पारेका छन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com