Headlines News :
Home » » नेपाल एयरलाइन्सको विमान कालीगण्डकीमा खस्यो, १८ जनाको सकुशल उद्धार, ८ महिनाको बच्चा पनि जोगिए

नेपाल एयरलाइन्सको विमान कालीगण्डकीमा खस्यो, १८ जनाको सकुशल उद्धार, ८ महिनाको बच्चा पनि जोगिए


जेठ २, काठमाडौं, पोखराबाट जोमसोमका लागि उडेको नेपाल एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । नेपाल एयरलाइन्स्को ट्वीनअटर विमान अवतरणका क्रममा जोमसोमको धावनमार्गबाट चिप्लिएर कालिगण्डकी नदिमा खसेको हो । दुर्घटनामा विमानका चालक डी प्रधान सहित १८ जना यात्रु घाईते भएका छन् । उनीहरुलाई उद्धार पश्चात उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको छ ।
 

प्रहरी, सेना र स्थानीयबासी उद्धार कार्यमा जुटेका थिए । सकुशल उद्धार गरिएकामा एक ८ महिनाको बच्चा समेत छन् । विमान चालक प्रधान बाहेक चालक दलका अन्य सदस्य र यात्रुको पहिचान हुन सकेको छैन् । विहान साढे ८ बजेतिर जोमसोम विमानस्थलको धावनमार्गमा अवतरण भएको विमान करिव २० मिटर अघि बढेपछि चिप्लेर कालीगण्डकीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com