Headlines News :
Home » » भाईको बिहेमा सरकारी गाडी

भाईको बिहेमा सरकारी गाडी

१, जेठ, बैतडी । दशरथ चन्द नगरपालिकाकी कार्यकारी अधिकृत ईश्वरी तिवारीको भाईको विहेमा सरकारी गाडीको दुरुपयोग भएको छ । एकसाताअघि भाईको विवाह गर्न कन्चनपुरको वेलौरी गएकी उनले दशरथचन्द नगरपालिकाको बा.९च. ५५६८ नम्वरको गाडी दुरुपयोग गरेको सार्वजनकि भएको छ । तिवारीले भाईकै विवाहका लागि सरकारी गाडी निजी काममा प्रयोग गरेेपछि विवाद उत्पन्न भएको छ ।
दशरथचन्द नगरपालिकाको नाममा रहेको गाडी उनले निजी गाडी जस्तै घरायसी काममा प्रयोग गरेकी हुन् । सरकारी गाडीमा शनिवार तथा जिल्ला वाहिर जादा प्रमुख जिल्ला अधिकारीको अनुमति लिने नियम रहेपनि उनले उक्त नियमलाई समेत लत्याएकी छन ।
प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले भने आफुलाई नगरको गाडी दुरुपयोग भएको थाह नभएको वताउनुभयो । तिवारीले यसअघि पनि गाडी दुरुपयोग गर्दै आएकी नगरका एक कर्मचारीले वताए । उनले भने सरकारी गाडी व्यक्तिगत परियोजनमा प्रयोग गरि मासिक एक लाख वढी फ्यूल खर्च नगरवाट भुक्तानी लिने गरेकी छन ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com