Headlines News :
Home » » दाहाल स्टोनियाका लागि अवैतानिक दूत नियुक्त

दाहाल स्टोनियाका लागि अवैतानिक दूत नियुक्त

१ जेठ, काठमाडौ । पर्यटन व्यवसायी नवराज दाहाल युरोपेली मुलुक स्टोनियाका लागि अवैतानिक बाणिज्य दूत नियुक्त हुनुभएको छ ।
दाहालले मंगलबार परराष्ट्र मन्त्रालयबाट नियुक्तिपत्र लिनुभएको हो । पूर्ववर्ती बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा दाहालको एगि्रमो स्वीकृत भएको थियो ।
navaraj
२५ वर्षदेखि पयर्टन व्यवयासमा संलग्न ४२ वर्षीय दाहाल काठमाडौँका स्थायी बासिन्दा हुनुहुन्छ । दाहालले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । उहाँसँग ट्रेकिङ व्यवसायीहरूको छाता संस्था टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’को महासचिवका रुपमा काम गरेको अनुभवसमेत छ ।
दाहालले आफ्नो कार्यकालमा नेपाल र स्टोनियाबीच कुटनीतिक सम्बन्ध विस्तारका लागि काम गर्ने बताउनुभयो । स्टोनियाका नागरिकलाई नेपाल भ्रमणमा आउन आकषिर्त गर्नका लागि प्रचारप्रसार गर्ने दाहालको योजना छ । ‘मेरो मुख्य जिम्मेवारी नेपाल र स्टोनियाबीच कुटनीतिक सम्बन्ध विस्तारका लागि काम गर्नु हो’, दाहालले अनलाइनखबरसँग भन्नुभयो, ‘नेपालभन्दा स्टोनिया कयौं गुणा विकसित राष्ट्र भएकाले नेपालको पर्यटन, वातावरण संरक्षण र जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन कुटनीतिक पहल गर्छु ।’
पूर्वसोभियत संघबाट अलग भएर स्वतन्त्र राष्ट्र बनेको स्टोनिया युरोपको धनी मुलुकमध्येमा पर्छ । संयुक्त राष्ट्रसंघले स्टोनियालाई प्रतिव्यक्ति आय उच्च भएको मुलुकको सूचीमा राखेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com