Headlines News :
Home » » आज अन्तर्राष्ट्रिय नर्स दिवस

आज अन्तर्राष्ट्रिय नर्स दिवस

काठमाडौं, बैशाख २९ – अन्तर्राष्ट्रिय नर्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्ष मे १२ तारिखमा नर्स दिवस मनाउने गरिन्छ ।
नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले आज विभिन्न कार्यक्रम गर्दैछन् । दिवसको यो वर्षको नारा ‘क्लोजिङ द ग्याप ःमिलेनियम डेभलपमेन्ट गोल’ तय गरिएको छ ।


सहश्राब्दी विकास लक्ष्य अन्तर्गतका स्वास्थ्य सम्बन्धि लक्ष्यमा यो वर्षको दिवसले जोड दिएको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रमिला देवानले जानकारी दिनुभयो । बालमृत्युदर घटाउने, आमाको स्वास्थ्यमा सुधार तथा एचआईभी÷एड्स र मलेरिया न्यूनीकरणमा केन्द्रित भएर कार्यक्रम गरिने उहाँको भनाई छ ।
आम नागरिक र समुदायसँग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण मानिन्छ । तर बेला बेलामा नर्सहरुको व्यवहार कठोर हुने गुनासो आईरहने भएकाले नयाँ पुस्तालाई राम्रो व्यवहार सिकाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता रहेको अध्यक्ष देवानको भनाई छ ।

नेपालमा कस्तो छ नर्सिङ ?

नेपालमा अहिले नर्सहरुको संख्या ३७ हजार भन्दा बढी छ । नेपालमा रहेका कुल नर्समध्ये एक प्रतिशत मात्रै पुरुष नर्सहरु छन् । हरेक वर्ष नेपाल भित्रैबाट ५ हजार जना नर्स उत्पादन हुने गरेपनि रोजगारीको समस्या सबैभन्दा ठूलो छ ।
नर्सिङ पेशाप्रति बढ्दो आकर्षणका कारण संख्या बढेपनि त्यसको व्यवस्थापन हुन नसक्दा बेरोजारी बढेको र भएको रोजगारी पनि शहर केन्द्रित भएकाले समस्या भएको देवानले बताउनुभयो ।
योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पोष्टिङ हुन नसक्नु, काममा पनि विभेद हुनु र तोकिएको दरबन्दी अरुले ओगट्ने जस्ता कठिनाई अहिले नर्सहरुले भोगिरहेको भन्दै उहाँले सरकारले यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com