Headlines News :
Home » » रोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार

रोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार

रोल्पा, बैशाख २९ – रोल्पा कारागारबाट शनिबार राति आठ जना कैदी तथा थुनुवा फरार भएका छन् । कैदीहरु कारागारको पश्चिमी भागबाट सुरुङ खनेर भागेका हुन् ।


कैदी भागेको राति साढे १२ बजेतिर मात्रै थाहा भएको प्रहरीले जनाएको छ । उनीहरु राति साढे ११ तिर भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सुरुङ खनेर भाग्नेमा अर्जुन सेन, ध्रुव डाँगी, चम्फे बिक, बसन्त रोका, राजु थापा, कृष्ण ओली, राजबहादुर ओली र दिपक पुन रहेका प्रहरी निरिक्षक सरोज पौडेलले जानकारी दिनुभयो ।
उनीहरु गैंडाको खाग तस्करी, जर्बजस्ती करणी र डाँका मुद्दाका अभियुक्त हुन् ।
कैदीहरु भागेपछि प्रहरीले रोल्पामा सुरक्षा सतर्कता बढाएको छ भने फरार कैदीहरुको खोजी गरिरहेको छ ।
कारागारमा १९ जना प्रहरी सुरक्षाका लागि खटिएका थिए ।
Share this article :

1 comment:

  1. Mysuru Casino: Get Your Bonus & Play Slots Online Free
    Mysuru Casino: Get Your Bonus & Play Slots Online Free 서울특별 출장마사지 The Mysuru casino 충청북도 출장마사지 online allows you to play 군산 출장마사지 a wide 밀양 출장샵 selection of games including online slots, blackjack, 하남 출장안마

    ReplyDelete

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com